रगतमा चिनीको मात्रा सामान्यभन्दा बढि रहने अवस्था नै व्यक्तिलाई ‘मधुमेह’ रोग लागेको अवस्था हो । यसलाई समयमै नियन्त्रण नगरिएको खण्डमा परिणाम स्वरुपः व्यक्तिमा गम्भीर खालका स्वास्थ्य जटिलताहरु निम्तिने सम्भावना उच्च रहन्छ ।
मधुमेहका प्रत्येक बिरामीेले आफुले खान हुने र नहुने खानाको विषयमा आवश्यक जानकारी राख्नुपर्दछ ।
फाइबर बढाउनुहोस् – दैनिक दलिया, हरियो तरकारी खानुहोस्।
मेथीको दाना – राती भिजाएर राख्नुहोस् बिहान खाली पेटमा सेवन गर्नुहोस्।
कागती + दालचिनी पानी – चिनीको मात्रा नियन्त्रणमा राख्छ
एलोभेरा + करेला + अमलाको रस दैनिक २० मिलिलिटर खानु होस्
दैनिक ३०-४५ मिनेट हिँड्नुहोस्/योग गर्नुहोस् – सुगर चाँडै नियन्त्रण हुन्छ।
तनाव कम गर्नुहोस् – ध्यान गर्नुहोस्, राम्रो निद्रा लिनुहोस्।
गुलियो पदार्थबाट टाढा रहनुहोस् – चिनी र चिसो पेय पदार्थबाट टाढा रहनुहोस्।
सौंफ-जीरा पानी – राती भिजाएर बिहान पिउनुहोस्।
भिजेको बदाम र ओखोर – हरेक बिहान ५-६ वटा।
थोरै खाना – धेरै नखानुहोस्।
सुख्खा फलफूल सीमित गर्नुहोस् – किसमिस र खजूर कम खानुहोस्।
नुन कम गर्नुहोस् – रक्तचाप पनि नियन्त्रणमा रहनेछ।
करेला – हप्तामा २-३ पटक खानुहोस्।
नीमको पात – बिहान चपाउनु फाइदाजनक हुन्छ।
नियमित जाँच – सुगर परीक्षण गराइरहनुहोस्।