• फाल्गुन २४ २०८२, आईतवार

प्रधानमन्त्री कार्कीलाई भेटेर जापानी राजदूतले भने- चुनावमा आवश्यक सहयोग गर्न जापान सरकार तयार छ

मंसिर १९ २०८२, शुक्रबार

काठमाडौंः प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच नेपाल–जापान सम्बन्धको ७०औं वर्षगँठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सराहना गरेका थिए । उनले सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विविध क्षेत्रमा प¥ु्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग–सद्भाव रहने विश्वास व्यक्त गरेकी थिइन् ।