• फाल्गुन २३ २०८२, शनिबार

उपकुलपतिका लागि विज्ञापन गर्दा निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्ट

मंसिर १९ २०८२, शुक्रबार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि असन्तुष्टि जनाएका छन् ।

मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राडा भई १० वर्ष काम गरेको कोही भए आफूलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्‌–‘सुदूरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको लागि उपकुलपति पदको विज्ञापन २ पटक सम्म गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भई १० वर्ष काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।’