काठमाडौं । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।
बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा साहबको ह्याट्रिकमा काठमाण्डूले पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकाल्यो । यससँगै काठमाण्डूले प्लेअफ यात्रा तय गरेको हो । काठमाण्डूअघि सुदूरपश्चिम रोयल्सले प्रतियोगिताको प्लेअफमा स्थान बनाएको थियो ।