• फाल्गुन २३ २०८२, शनिबार

सागर र भाइबरको ‘मस्त जवानी’ डिजिटल बजारमा सार्वजनिक (भिडियाेसहित)

मंसिर १६ २०८२, मंगलवार

काठमाडौं । गायक सागरजंग कुँवर र चर्चित र्‍यापर भाइबर साइमनको सहकार्यमा तयार भएको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समयको साङ्गीतिक ट्रेन्ड र युवाहरूको रुचिलाई ध्यानमा राख्दै तयार पारिएको यो गीतमा भरपुर इनर्जी र मस्ती समेटिएको छ । गीतको भिडियो पक्षलाई निकै उत्कृष्ट र ‘ग्ल्यामरस’ बनाइएको छ ।

भिडियोको निर्देशन, छायाङ्कन तथा सम्पादन सार्थक कुँवरले गरेका छन् । सार्थकले भिडियोलाई अन्तर्राष्ट्रिय स्तरको लुक्स दिने प्रयास गरेका छन्, जसमा बबिता बस्नेत र दीया अधिकारीलाई मुख्य भूमिकामा फिचर गरिएको छ ।

भिडियोमा मोडलहरूको प्रस्तुति निकै ‘बोल्ड’ र आकर्षक देखिन्छ । गीतको ‘हाइ टेम्पो’, बिट र कलाकारहरूको ‘मुभ्स’ले दर्शकलाई स्वतः नचाउने क्षमता राख्छ । सागर र साइमनको गायकीको जुगलबन्दीले गीतलाई अझ सशक्त बनाएको छ भने भिडियोको ‘मुड’ ले यसलाई पूर्ण रूपमा ‘पार्टी एन्थम’ बनाएको छ ।

यो गीत साग जंग कुँवरको आधिकारिक युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । समसामयिक पप संगीत र डान्स नम्बर मन पराउने दर्शकहरूका लागि ‘मस्त जवानी’ एक उत्कृष्ट सांगीतिक कोसेली सावित हुनसक्छ ।