• फाल्गुन २३ २०८२, शनिबार

ठगी मुद्दामा प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

मंसिर १४ २०८२, आईतवार

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई आज आइतबार पक्राउ गरेको हो ।

प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले कम्पनीमा भएको ९८ करोड रुपैयाँ ठगी सम्वन्धमा दिएको जाहेरीका आधारमा यसअघि सीआईबीले प्रभु समूहका अध्यक्ष एवम् एमाले पूर्वसाँसद देवी भट्टचनलाई पक्राउ गरेको थियो ।

पछि अर्थमन्त्री रामेश्वर खनालको पहलमा महान्यायाधीवक्ता सविता भण्डारी बरालले रिहा गर्न प्रहरीलाई आदेश दिएकी थिइन् ।

उक्त ठगी प्रकरणको अनुसन्धानका क्रममा सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । तर शेरचनलाई पक्राउ गरेको थिएन् । उनी पक्राउ पर्नसक्ने हल्ला भने चल्दै आएको थियो । आज शेरचन बैंककै केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् ।

सीआईबीले सीईओ शेरचनसँगै डेपुटी सीईओ मणिराम पोखरेल पनि पक्राउ गरेको खुलेको छ । प्रहरीले बैंकका अरु केही कर्मचारीलाई पनि पक्राउ गरेको छ । उनीहरुको नाम भने खुलेको छैन ।

सीआईबीले प्रभु म्यानेजमेण्ट प्रालिका खाता सञ्चालक हेमकुमार महाजुलाई पनि यसअघि नियन्त्रणमा लिएको थियो ।