• फाल्गुन २३ २०८२, शनिबार

प्रथम अन्तराष्ट्रिय थाईल्याण्ड धार्मिक यात्रामा नेपालबाट २० जना सहभागी

मंसिर १३ २०८२, शनिबार

बौद्ध जागरण संघको आयोजनामा थाईल्याण्डमा हुन लागेको प्रथम अन्तर्राष्ट्रिय थाईल्याण्डको धार्मिक यात्रा सुरु भएको छ । थाईल्याण्डमा पहिलो पटक हुन लागेको उक्त धार्मिक यात्रामा नेपालबाट २० जना बौद्धधर्मावलम्बीहरु सहभागी भएका छन् ।

बौद्ध जागरण संघ ललितपुरबाट १० र समता गुम्बा लम्जुङबाट १० जना गरी २० सहभागीहरु उक्त धार्मिक यात्रामा सहभागी भएका हुन्। बौद्ध जागरण संघ ललितपुरका अध्यक्ष काइला लामा प्रथम पटक थाईल्याण्डमा भएको धार्मिक यात्रा भ्रमणमा जान पाउँदा निकै नै खुशी लागेको बताउनु भयो ।

त्यसैगरी बौद्ध जागरण संघ गण्डकी प्रदेशका संयोजक तथा सल्लाहकार विरसिंह घलेले पहिलो पटक विदेशमा हुन लागेको अन्तर्राष्ट्रिय थाईल्याण्डको धार्मिक यात्रामा सहभागि हुन पाउँदा आफू निकै उत्साहित भएको बताउनु भयो । उहाँले विदेशमा बौद्ध दर्शनको बारेमा बुझ्न र अनुभव बटुल्नकोलागि पनि पहिलो पटक थाईल्याण्डको धार्मिक यात्रामा सहभागी हुन पाउँदा हर्षित भएको पनि बताउनु भयो ।

पहिलो पटक बौद्ध जागरण संघको आयोजनामा भएको प्रथम अन्तराष्ट्रिय थाईल्याण्डको ८ दिने भ्रमण मंसिर १२ देखि १९ गतेसम्म सञ्चालन हुनेछ । उक्त बौद्ध धार्मिक कार्यक्रममा सहभागी हुन पाउँदा बौबौद्ध जागरण संघ र समता गुम्बा लम्जुङका सहभागीहरु उत्साहित भएको बताए ।