विरभान घर्तिमगरद्वारा “जागरण अभियानको यात्रा” नामक पुस्तकमाथि विज्ञहरुद्वारा सामुहिक रुपमा चर्चा र समिक्षा भएको छ । आदिबासी जनजाति आयोगको सभा हलमा आयोजना भएको कार्यक्रममा लेखक घर्तिमगरले लेख्नु भएको पुस्तकमा चर्चा र समिक्षा भएको हो।

लेखक विरभान घर्तिमगरले समाजमा भएको जातीय भेदभावका कारण देखिएको समस्या र शोषणलाई उक्त पुस्तकमा सशक्त रुपमा उठान गर्नु भएको छ उहाँले उक्त पुस्तकमा संसारभर १० प्रतिशक्त पूँजिपतिहरुको उद्योगधन्दा, कलकारखाना, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा शासक वर्गहरुको अनुकुलमा चल्ने र शोषित वर्गलाई जहिले पनि षडयन्त्रपूर्वक आफ्नो अधिनमा राखी शोषण गरिराख्ने विषयलाई उठान गर्दैै त्यसको प्रत्यक्ष असर नेपालमा पनि ५ प्रतिशत अहंकारवादी सोंच भएका शासकहरुले बनाएको आईडोलोजिकल सुपरस्ट्रक्चर भित्र परेका ९५ प्रतिशत आदिबासी जनजाति, मधेशी, महिला, दलित, किसान, अल्पसंख्यक र समान्तकृत शोषित वर्ग दमन शोषणमा परेको बताउनु भयो ।
कार्यक्रममका प्रमुख अतिथि आदिबासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले लेखक घर्तिमगरले लेख्नु भएको पुस्तकको समिक्षा सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी उक्त “जागरण अभियानको यात्रा” पुस्तकमाथि विज्ञहरु डा. प्रतिभा पुनमगर, डा. लाल बहादुर पुन मगर तथा डा. चित्र बहादुर बुढाथोकीमगरले सुझावसहित टिप्पणी गर्नु भएको थियो।



उक्त कार्यक्रममा पुस्तक माथि समिक्षा गर्दै राष्ट्रिय सभाका सदस्य सुरेश आलेमगर र पूर्व सांसद सन्तोष बुढाथोकीमगरले आगामी दिनकालागि अझ थप प्रगति गर्दै जानकोलागि बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।


त्यसैगरी जागरण अभियानको यात्रा नामक पुस्तकमाथि प्रकाश पार्दैै नेपाल मगर संघका सअध्यक्ष गंगा थापामगरले पनि बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।
जागरण अभियानको यात्राका लेखक विरभान घर्तिमगरले कार्यक्रमको अन्त्यमा विज्ञहरु मार्फत पुस्तक माथि आएका टिप्पणी तथा सुझावलाई आत्मा साथ गर्ने धारणा राख्दै सहभागीहरुलाई धन्यवादका साथै आभार प्रकट गर्नु भयो ।

अन्तर्राष्ट्रिय मगर महासंघको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष नविन रोकामगरले गर्नु भएको थियो । उहाँले पनि लेखक घर्तिमगरलाई बधाई तथा शुभकामना दिर्दै आगामी दिनमा अझ शसक्त रुपमा कलम चलाउनु पर्नेमा जोड दिनु भयो ।

समिक्षा कार्यक्रमको सहजिकरण अन्तर्राष्ट्रिय मगर महासंघका उपमहासचिव रक्षा रैका मगरले गर्नु भएको हो भने कार्यक्रमको स्वागत मन्तब्य अन्तर्राष्ट्रिय मगर महासंघका उपाध्यक्ष तथा नेपाल मगर संघका सअध्यक्ष गंगा खासु मगरले गर्नु भएको हो ।


जागरण अभियानको यात्राका लेखक विरभान घर्तिमगर रोल्पा जिल्लाको सुनछरही गाउँपालिका वडा नं.–१ घुस्बाङमा जन्मीनु भएता पनि हाल उहाँ बेल्जीयम, युरोपलाई लामोसमय देखि कर्म थलो बनाउदै आइराख्नु भएको छ । देश र आफ्नो गाउँ प्रति अथाह माया भएपनि राज्य सरकारले नेपाली युवाहरुलाई रोजगार व्यवस्था गर्न नसक्दा लेखक घर्तिमगर पनि रोजगारका लागि विदेशीभूमिलाई कर्म थलो बनाउनु परेको हो ।


उहाँ विदेशमा बसेर पनि आफ्ना मुद्धाहरुलाई कहिल्यै बिर्सिनु भएन । आफ्नो गाउँ समाज र देशकालागि सधैं चिन्ननममन गर्दै विदेशमा रहेर विभिन्न जातीय संघसंस्थामा रहेर काम गरि राख्नु भएको छ । विदेशमा रहेर आदिबासी जनजाति महासंघ, बेल्जीयमका निर्वतमान अध्यक्ष भएर समेत काम गरि सक्नु भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र, युरोपका पूर्व अध्यक्ष साथै मगर राष्ट्रिय मुक्ति मोर्चाको विदेश विभाग ईञ्चार्ज र नेकपा माओवादी केन्द्र प्रवास शाखा, सदस्य भएर काम गरिराख्नु भएको छ । त्यसैगरी सितोरियो कराँते संघ दाङ, पूर्व प्रशिक्षक, सिमा रेखा, घामछाँया, सपनाको नौलो संसार फिल्म, द्वन्द्व निर्देशक लगायतका विभिन्न क्षेत्रमा उहाँको ठूलो योगदान रहदै आएको छ । त्यसको साथै हाल उहाँ हाइड्रोजन अक्सीजन मेकानिकल इन्जीनियर समेत हुनु हुन्छ।

पुस्तक समिक्षा कार्यक्रममा वरिष्ठ अधिवक्ता गौ बहादुर आले, डा.विष्णु सिंजाली मगर, नेपाल मगर संघका महासचिव टेक लाम्जालीमगर लगायतको सहभागिता रहेको थियो। लेखक विरभान घर्तिमगरले लेख्नु भएको पुस्तकको चर्चा तथा समिक्षा कार्यक्रममा सहभागीहरुले उक्त पुस्तकमाथि समिक्षा गर्दै सकारात्मक सुझाव तथा सल्लाह दिर्दै अगामि दिनहरुमा अझ प्रगति तथा उन्नती गर्नकोलागि शुभकामना दिएका थिए ।

