• फाल्गुन २३ २०८२, शनिबार

बर्षा तथा बाढीबाट भएको भौतिक क्षतिमा ३ अर्ब ७७ करोड बीमा दाबी, एक करोड १४ लाख मात्र भुक्तानी

मंसिर १२ २०८२, शुक्रबार

काठमाडौँ । गत असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्म एक करोड १४ लाख भुक्तानी भएको छ  ।

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म परेका ७४४ प्रारम्भिक बीमा दाबीको कूल करिव ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा करिव एक करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको हो ।

जसमा विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमातर्फ ४०५ वटा दाबीको दाबी रकम करिव ३ अर्ब २१ करोड ५० लाखम्रध्ये करिव ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिव ४७ करोड ६६ लाखमध्ये करिव १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिव ४ करोड १४ लाखमध्ये करिव १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव २ करोड ८२ लाखमध्ये करिव रु. ४८ लाख बीमितलाई भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिव १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव १० को बीमा दाबी भुक्तानी शुरु नभएको प्राधिकरणले जनाएको छ ।