• फाल्गुन २३ २०८२, शनिबार

यी हुन् ‘सुगर’ का बिरामीले गर्नै नहुने गल्तीहरू

मंसिर ११ २०८२, बिहीबार

मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ। जोसुकैलाई पनि यो रोग लाग्न सक्छ। यसलाई चिकित्सकीय भाषामा ‘डाइअबीटीज’ भनिन्छ।

रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई ‘सुगर’ वा ‘चिनी रोग’ पनि भन्ने गरिएको छ।  नियमित हिंडडुल, चिनी तथा प्रशोधित खाना कम गर्ने र वर्षमा एक पटक रगत जाँच गर्न चिकित्सकको सुझाव रहेको छ ।

अस्वस्थ खानपान, शारीरिक निष्क्रियता र बढ्दो तनावका कारण मधुमेहको समस्या झन् बढ्दै गइरहेको छ । ४० वर्ष उमेर समूहका युवाहरूमा पनि टाइप-२ मधुमेह तीव्र गतिमा फैलिरहेको छ । मधुमेह एउटा दीर्घ रोग हो। जसले शरीरमा सुगरको मात्रा असामान्य रूपमा बढाउँछ र समयमै उपचार तथा नियन्त्रण नगरे गम्भीर जटिलताहरू निम्त्याउँछ । अल्का अस्पतालकी डाक्टर प्रिया दर्शिनी योञ्जन यस रोगका कारण मुटु, मिर्गौला, आँखा तथा शरीरका विभिन्न अंगहरूमा असर पर्ने बताउँछिन् । मधुमेह सम्बन्धी चुनौतीहरू र रोकथामका उपायबारे योञ्जनकानुसार नेपालमा ‘टाइप-२ मधुमेह’ बढ्दो छ। मधुमेहका प्रारम्भिक लक्षणहरु अत्याधिक तिर्खा लाग्ने, धेरै पिसाब लाग्ने, अत्यधिक भोक लाग्ने, तौल घट्दै जाने भएपनि यी सबै लक्षण ५० प्रतिशत बिरामीमा मात्र देखिन्छन्। लक्षण नदेखिए पनि मधुमेह हुनसक्ने भएकाले वर्षमा एक पटक सबैले सुगर लेभल जाँच गर्नुपर्ने उनको सुझाव रहेको छ ।

‘मधुमेह हुने व्यक्तिहरूको हामीले लक्षणहरू सबै सुनेकै छौं, जस्तै तिर्खा धेरै लाग्ने, पिसाब धेरै लाग्ने, भोक लाग्ने, तौल घट्दै जाने। यो लक्षणहरू सबैमा देखिंदैन, ५० प्रतिशतहरुमा मात्र यो लक्षण देखिन्छ। त्यसकारण लक्षणहरू आइसकेपछि जाँच गर्ने होइन, लक्षण नभएको व्यक्तिहरूमा पनि मधुमेह हुनसक्छ । त्यस कारण ३० वर्ष नाघिसकेका सबै व्यक्तिहरूले वर्षको एक चोटि लक्षणहरु नभए पनि आफ्नो ब्लड, सुगर चेक गर्ने गर्नुपर्दछ। विश्वभरका मधुमेहका बिरामीमध्ये ९० प्रतिशत ‘टाइप-२’ रोगी हुने तथा नेपालमा पनि यही प्रकार प्रमुख रहेको डा. योञ्जनले बताइन् । जीवनशैली, शारीरिक निष्क्रियता, मोटोपना, जङ्क फूडको बढ्दो प्रयोग तथा वंशाणुगत कारण यसका मुख्य जोखिमका कारक हुन् । नेपालमा ‘टाइप-१’ मधुमेह ५ प्रतिशत भन्दा कम देखिने भएपनि गर्भावस्थामा देखिने मधुमेह तथा औषधि वा हर्मोनल समस्याको कारण देखिने ‘सेकेण्डरी डायबिटिज’ समेत भेटिने उनको भनाइ छ । ‘मधुमेहको संसारभरी हामीले यो मधुमेहको केसहरु बिरामीहरू देख्छौं। त्यो ९० प्रतिशत भन्दा बढी ‘टाइप २’ अथवा ‘प्रकार दुई’ मधुमेहको पेसेन्टहरु हो। यो संसारभर नै धेरै मात्रामा देखिने टाइप टु नै हो, र हाम्रो क्लिनिकल प्राक्ट्रिसमा आउने मधुमेहको बिरामीहरू टाइप २ डायबिटिज पेसेन्टहरु नै हो।’

जीवनशैली परिवर्तन नै प्रभावकारी रोकथाम
डा. योञ्जनकाअनुसार मधुमेह रोकथाम र नियन्त्रण दुवैका लागि साधारण जीवनशैली परिवर्तन नै सबैभन्दा प्रभावकारी उपाय हो। उनले धुमपान र मद्यपानलाई प्रमुख हानिकारक हुन् । यी दुवै पूर्णरूपमा त्याग्न सके मात्र दीर्घरोगसँग सम्बन्धित जोखिमहरू घटाउन सकिने उनको भनाइ छ। खानपानमा सुधार अर्को महत्त्वपूर्ण पक्ष भएकाले बजारमा पाइने जङ्क फूड, प्रशोधित (प्याकेट) खाद्यपदार्थ तथा अत्यधिक चिनीयुक्त परिकारहरुलाई न्यून गर्न आग्रह गरिन् । सकेसम्म घरमै पकाइने ताजा र सन्तुलित भोजनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। दैनिक आहारमा हरियो साग र तरकारी फाइबरयुक्त खाना तथा प्रशोधित खाद्यपदार्थको न्यूनतम प्रयोग गर्नसके मधुमेहको दीर्घकालीन जोखिम घट्ने बताइन् ।