• फाल्गुन २६ २०८२, मंगलवार

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

मंसिर १० २०८२, बुधबार

नवलपरासी पूर्व । आफ्नै बुवा ६० वर्षीय राम बहादुर विकको हत्या गरेको अभियोगमा हुप्सेकोट गाउँपालिका–१ जुगेपानी बस्ने ३० वर्षीय सन्त कुमार विकलाई प्रहरीले पक्राउ गरेको छ ।

सन्त कुमारले घरायसी विवादको क्रममा कुटपिट गर्दा राम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका राम बहादुरको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।