• फाल्गुन २३ २०८२, शनिबार

पुरै शरीरको स्वास्थ्यको चाबी- नाइँटो !

मंसिर १० २०८२, बुधबार

हामीमध्ये अधिकांशले नाइँटोलाई केवल शरीरको एउटा सानो हिस्सा मात्र मान्दछौँ। तर आयुर्वेद अनुसार नाइँटो (नाइँटो मर्म) शरीरको अत्यन्त महत्वपूर्ण स्थान हो। यो शरीरको प्राण केन्द्र हो, जहाँबाट जीवनको सुरुवात हुन्छ – जब गर्भमा आमासँग जोडिन्छ। त्यसैले आयुर्वेदमा नाइँटोलाई जीवनरेखा पनि भनिएको छ।

आयुर्वेदमा नाइँटोको महत्व किन?
आयुर्वेदमा मानिन्छ कि नाइँटोमार्फत पुरै शरीरमा पोषण र ऊर्जा पुर्याइन्छ।

गर्भावस्थामा यही भागबाट शिशुलाई भोजन तथा प्राणशक्ति प्राप्त हुन्छ। नाइँटोमा चोट लाग्दा गम्भीर असर पर्न सक्छ, त्यसैले यसलाई मुख्य मर्मबिन्दु मानिन्छ। आयुर्वेद अनुसार नाइँटो 72,000 भन्दा बढी नाडीहरू (Energy Channels) सँग जोडिएको हुन्छ। त्यसैले नाइँटो स्वस्थ राख्नु भनेको शरीरको सम्पूर्ण ऊर्जा प्रवाहलाई सन्तुलित राख्नु हो।

नाइँटोका मुख्य कार्य
पाचन क्रियालाई सन्तुलित राख्ने
हार्मोन सन्तुलन बनाइराख्ने
छालाको चमक र नमी बढाउने
मानसिक शान्ति र बल प्रदान गर्ने
रोग प्रतिरोधात्मक शक्तिलाई मजबुत राख्ने

नाइँटो कसरी सफा र स्वस्थ राख्ने ?
आयुर्वेद अनुसार “नाइँटो अभ्यङ्ग” अर्थात् नाइँटोमा तेल लगाउनु अत्यन्त लाभदायक हुन्छ।

नाइँटोमा लगाउने ५ महत्वपूर्ण तेल
सरसों (तोरी) को तेल छाला नरम बनाउने, संक्रमण रोक्ने, डिटक्सका लागि उपयोगी।
नरिवल तेल – नमी बनाइराख्ने, पाचनमा सन्तुलन ल्याउने।
नीमको तेल – संक्रमण रोक्ने, फंगल समस्यामा उपयोगी।
अल्मोन्ड (बदाम) तेल हार्मोन सन्तुलन, छालाको चमक, मानसिक शान्ति ।
घिउ (देशी घिउ) पाचन, निद्रा, मानसिक शान्तिका लागि

घरेलु उपाय
1. राम्रो निद्रा नआउँदा
– सुत्नुअघि नाइँटोमा 2-3 थोपा देसी घिउ लगाउनुहोस्।

2. छाला सुख्खा हुनुमा
– नुहाएपछि 3-4 थोपा नरिवल तेल नाइँटोमा लगाउनुहोस्।

3. पेट दुखाइ वा गैस समस्या
– हिंग र सरसों तेल मिसाएर नाइँटोमा मसाज गर्नुहोस् ।

4. महिनावारी (पीरियड्स) को दर्द
– नाइँटोमा तातो घिउ वा तेल लगाउनु सबैभन्दा राम्रो उपाय हो।

नाइँटो शरीरको सामान्य हिस्सा मात्र होइन, स्वास्थ्यको मुख्य केन्द्र हो। नाइँटोको उचित हेरचाहले पाचन, छाला, हार्मोन तथा मानसिक स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउँछ। तेल मसाज (नाइँटो अभ्यङ्ग) ले शरीरलाई प्राकृतिक रूपमा सन्तुलित र स्वस्थ राख्न मद्दत गर्छ।