• फाल्गुन २४ २०८२, आईतवार

दुर्गा प्रसाईंकाे जेलबाटै गरे देश जाेगाउने अभियानमा साथ दिन अपील

मंसिर ५ २०८२, शुक्रबार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरी हिरासतबाट अपिल गरेका छन् । सामाजिक सञ्जालबाट सचिवालयको सहयोगमा अपिल जारी गर्दै बिभिन्न दल, राष्ट्रवादी व्यक्तित्व, आम देशभक्त नागरिक समाज सबै एक भएर देश जोगाउने अभियानमा सरिक भइ अघि बढ्न र आ आफनो क्षेत्रबाट लागि पर्न आग्रह गरेका छन् ।

 उनले भनेका छन्:

सबै सबैमा नमस्कार !

हाम्रो देश नेपाल राजा महेन्द्र राजा वीरेन्द्र र मदन भण्डारी जस्ता राष्ट्रवादी व्यक्तिको हत्या गराइ यहाँबाट सदियौ देखिको वैदिक सनातन हिन्दु धर्म हटाउन देशको प्रशासनिक र न्यायिक शिर सिहदरवार, सर्वोच्च अदालत प्रहरी कार्यालय,गाविस नगरपालिकासम्म ध्वस्त पार्ने विदेशी योजना नेपालमा २००४ सालदेखि सुरु भएको थियो । यसरी नेपाल माथि गरिएको षडयन्त्र २०८२ सालमा आएर सफल भएको देखिन्छ ।

जेनजी आन्दोलन पश्चात गोविन्द केसीको नक्कली आमरण अनसनको जगमा बनेको यो नक्कली सरकारबाट अब देश जोगाउन सच्चा धर्तिपुत्रहरु कृष्ण, राम, अर्जुन र लक्ष्मण बनेर अब मातृभूमिको रक्षाको निम्ति निस्कनु सिवाय अरु कुनै बाटो नभएकोले धर्तिको रक्षा गर्न देशलाई यो स्थितिमा पुर्याउने सबै देशका भ्रष्टाचारी तथा रक्त पिपासुहरुलाई लखेट्न सबै जेनजी पुस्ता, विभिन्न दल भित्ररहनु भएका राष्ट्रवादी व्यक्तित्वहरु आम देशभक्त नागरिक समाज सबै एक भएर देश जोगाउने अभियानमा सरिक भइ अघि बढ्न र आ आफनो क्षेत्रबाट लागि पर्नु हुन म सबैमा हार्दिक अपिल गर्दछु ।