बुटवल । अर्घाखाँचीको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उमेदवार विजयी भएका छन् ।
काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा युवराज खत्री(प्रेम) लाई रास्वपा र स्वतन्त्र नागरिक समाज अर्घाखाँचीको समर्थनमा बाबुराम भुसाल(साथी)ले पराजित गरेका हुन् ।
उपाध्यक्षमा भेषबहादुर क्षेत्री (गठबन्धन), सचिवमा गाेपाल पाैडेल (गठबन्धन), काेषाध्यक्षमा सरिता महत क्षेत्री (स्वतन्त्र), सहसचिवमा कल्पना पाेख्रेल (गठबन्धन) विजयी भएका छन् ।दुईवटा प्यानल चुनावी मैदानमा रहेका थिए ।