काठमाडौँ । ओखलढुंगा र बाराबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ ।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ काफलबोट बस्ने १९ वर्षीय सुनिल खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा विमानस्थल सुरक्षा गार्ड रूम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाङिया बस्ती बस्ने ४० वर्षीय सोम बहादुर भोलनलाई प्रहरीले पक्राउ गरेको छ । सोम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।