• फाल्गुन २३ २०८२, शनिबार

ठूलो आन्द्रा र मलद्वारबाट रगत निस्किने ? कस्तो रोग हो ?

कार्तिक ३० २०८२, आईतवार

अल्सरेटिभ कोलाइटिस (Ulcerative Colitis) ठूलो आन्द्रा (Large Intestine) र मलद्वार (Rectum) मा हुने सूजन र घाउ (Ulcer) को अवस्था हो। यो आन्द्राको सूजन (Inflammatory Bowel Disease) को एक प्रकार हो, जसमा दिसामा रगत, दुखाइ र कमजोरी जस्ता लक्षण देखिन्छन्।

मुख्य कारण (Causes)
अत्यधिक मसलेदार, तलेको वा तातो प्रकृतिका वस्तुहरूको सेवन
चिया, मदिरा, सिगरेटको अत्यधिक प्रयोग मानसिक तनाव, चिण्ता वा क्रोध रासायनिक औषधिको दीर्घ प्रयोग
मुख्य लक्षण (Symptoms)
पटक-पटक दिसा जानु र दिसामा रगत आउनु
पेट दुख्नु र पेट फुल्नु
कमजोरी महसुस हुनु
भोक नलाग्ने
तौल घट्नु, शरीर सुन्निनु र थकान महसुस हुनु

आयुर्वेद अनुसार कारण
आयुर्वेदका अनुसार यो रोग पित्त र रक्त दोषको वृद्धि हुँदा हुन्छ। मुख्यतया अग्नि (पाचन शक्ति) बिग्रँदा, रगत र आन्द्रामा सूजन आउने गर्छ।

छिटो राहत दिने आयुर्वेदिक उपाय
बेल फल (Bael Fruit) कसरी लिनेः
२ चम्चा बेलको गुदा पानी वा दूधमा मिसाएर बिहान बेलुकी पिउनुहोस् ।
लाभः पेट शान्त हुन्छ, जलन, दिसा र रगत कम हुन्छ । नसार
एलोभेरा रस (Aloe Vera Juice) कसरी लिनेः
२० मि.लि. एलोभेरा रस २० मि.लि. तातो पानी मिलाएर बिहान खाली पेट पिउनुहोस् । लाभः पेटको जलन घटाउँछ, आन्द्रा सफा र शान्त राख्छ।

अल्सरेटिभ कोलाइटिस दीर्घकालीन रोग हो, जसमा खानपान, तनाव र जीवनशैली नियन्त्रण अत्यावश्यक हुन्छ । मसलेदार, तातो, अमिलो र भारी खाना त्याग्नुहोस्। फलफूल, तरकारी, तरल पदार्थ र विश्राम बढाउनुहोस् ।