काठमाडौँ । भारत दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा ३० रनको अग्रता लिएको छ ।
टेस्टको दोस्रो दिन भारत १८९ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिंगमा ३० रनको अग्रता लिएको हो ।
भारतका कप्तान शुभमन गिल ४ रन बनाएर रिटायर हर्ट भएका थिए भने भारतका लागि केएल राहुलले सर्बाधिक ३९ रन बनाएका थिए । त्यस्तै वाशिंटन सुन्दरले २९ तथा ऋषव पन्त र रविन्द्र जडेजाले २७-२७ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका बलर सिमोन हार्मरले सर्बाधिक ४ विकेट लिए भने मार्को जानसेनले ३ विकेट लिएका थिए ।
यस अघि दक्षिण अफ्रीका पहिलो इनिंगमा १५९ रन बनाएर अलआउट भएको थियो ।
अब दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गरेको थियो ।