• फाल्गुन २३ २०८२, शनिबार

पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पायाे

कार्तिक २६ २०८२, बुधबार

काठमाडौं । पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको छ ।

राष्ट्र बैंकको आजको पत्र अनुसार १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलरमा उक्त नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी गर्नेगरी चिनियाँ कम्पनीलाई ठेक्का दिइएको हो ।

यसअघि ५ रूपैयाँ, १० रूपैयाँ, १०० रूपैयाँ, ५०० रूपैयाँ र १००० रूपैयाँ दरका नेपाली नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीलाई दिइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।