• फाल्गुन २३ २०८२, शनिबार

क्यान्सरको औषधी उत्पादन गर्ने मेसिन ल्याउन पहल थालेका छाैं-मन्त्री पुन

कार्तिक २६ २०८२, बुधबार

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले क्यान्सर रोगको उपचारका लागि चाहिने औषधी रेडियो आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन पहल थालेको बताएका छन् ।

मन्त्री पुनले आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउए सञ्चालन गर्न विज्ञान मन्त्रालयमा बिज्ञ र स्टेकहोल्डरहरुसँग छलफल गरेर अगाडी बढेको बताएका छन् ।

साईक्लोट्रोन मेशिनको लागत ९० करोड जति लाग्ने बताउदै हजारौं विरामीको उपचार हुने हुनाले यो मेशिन राख्न कन्जुस्याई गर्न नहुने बताएका छन् ।