• फाल्गुन २६ २०८२, मंगलवार

इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कार्तिक २६ २०८२, बुधबार

इलाम । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-५ ओर्खे मन्दिरडाँडा बस्ने २७ वर्षीय मनोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

मनोजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।