• फाल्गुन २३ २०८२, शनिबार

विश्व बडी बिल्डिङ च्याम्पियनसिपमा नेपालको सफलता

कार्तिक २२ २०८२, शनिबार

विश्वमा अहिले बडी बिल्डिङ च्याम्पियनसिप पनि विभिन्न खेल र शारीरिक व्यायामसँगै सबैको चासो बनेर आएको छ ।

यो चासोले गाउँसहर सबैतिरका मानिसको सहभागितालाई डिजिटल सञ्चारका माध्यमहरूमार्फत् एक ठाउँमा ल्याइदिएको छ ।

बडिबिल्डिङ प्रतियोगितामा नेपाल केही वर्ष पहिलेदेखि चर्चामा आउने गरी नै सहभागी हुन थालिसकेको छ । अहिले अन्य खेलमाझैं बडिबिल्डिङ प्रतियोगितामा नेपाल आफैले पनि कैयौं सकारात्मक प्रयत्न गरिरहेको छ ।

नेपालका बडिबिल्डर रूजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रवार मालदिभ्समा आयोजित बडिबिल्डिङ प्रतिस्पर्धामा रजत पदक जितेर फेरि पनि सफलतालाई कायमै राखिरहेका छन् ।

नेपाल विश्व बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगितामा अबका दिनमा गणनामा नछुट्ने देश बनिसकेको छ । यो सफलता नेपाली खेलकुद क्षेत्रका लागि निकै उज्यालो पक्ष हो । यसले खेलप्रमी नेपाली मात्र होइन, समग्र नेपालीको शीर ठाडो बनाएको छ ।

हाल चलिरहेको विश्वको १५औं वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोट्र्स च्याम्पियन्सिप २०२४ मा नेपालले ३ रजत पदक हात पारेपछि अन्य देश पनि आँखा तरेर नेपाल र नेपाली खेलाडीतिर हेर्न थालेका छन् ।

विश्व खेल जगतमा प्रतिस्पर्धी बन्दै जानु स्वयम् नेपालका लागि पनि सुखद् र स्वाभिमानी कुरा हो ।
केही समय अघिमात्र केही चासो राख्ने व्यवसायिक खेलाडीले बडिबिल्डिङमा चासो लिन थालेको इतिहास भेटिन्छ ।

नेपालमा बडी बिल्डिङको चलन भखैरैको भए पनि छोटो समयभित्रै नेपालले ठूलो प्रगति गरिसकेको छ ।

नेपाली बडिबिल्डर रूजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठको फलताले आगामी दिनको बाटो उज्यालो र संभव बनाउँदै लगिरहेको छ ।