• फाल्गुन २३ २०८२, शनिबार

थाइराइडमा तौल किन बढ्छ र यसलाई कसरी घटाउने ?

कार्तिक २२ २०८२, शनिबार

थाइराइड ग्रन्थी (Thyroid Gland) हाम्रो घाँटीमा रहेको एक महत्वपूर्ण ग्रन्थी हो। यो हाम्रो शरीरको पाचन र ऊर्जा उत्पादनको गति (Metabolism) नियन्त्रण गर्छ ।

जब यस ग्रन्थीले पर्याप्त मात्रामा हर्मोन उत्पादन गर्न सक्दैन, त्यस अवस्थालाई हाइपोथाइराइडिज्म (Hypothyroidism) भनिन्छ ।

यसले गर्दा पाचन सुस्त हुन्छ, बोसो जल्ने दर घट्छ, र शरीरमा बिस्तारै तौल बढ्न थाल्छ । थाइराइड बिग्रिँदा शरीरमा पानीको मात्रा बढी जम्न जान्छ (Water Retention) जसले पनि तौल बढाउँछ ।

तौल घटाउने आयुर्वेदिक उपायहरूः
१. त्रिकटु चूर्ण (Trikatu Churna)
यो बोसो घटाउने सबैभन्दा प्रभावकारी घरेलु औषधि हो ।
यसमा सुक्खा अदुवा, कालो मरिच र पिप्पली हुन्छन् जसले पाचन सुधार्छ ।
यसले शरीरमा संचित बोसो हटाउँछ । सेवन विधिः बिहान र बेलुका ½ चम्चा तातो पानीसँग ।

२. त्रिफला चूर्ण
यो शरीर सफा गर्न र फ्याट घटाउन सहयोगी हुन्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ र टक्सिन हटाउँछ ।
सेवन विधिः सुत्ने अगाडि १ चम्चा तातो पानीसँग ।
३. मेथी, जुवानो र कालो जीराको पानी यी तीन वस्तु समान मात्रामा लिएर उमालेर पानी बनाउनुहोस् ।
यसले फ्याट घटाउने र पाचन सुधार्ने काम गर्छ । सेवन विधिः बिहान खाली पेट १ गिलास तातो अवस्थामा ।
४. दालचिनी पानी
दालचिनीले मेटाबोलिज्मलाई सक्रिय बनाउँछ र बोसो घटाउँछ ।
सेवन विधिः बिहान खाली पेट १०-१५ मिनेटअघि १ गिलास तातो पानीमा आधा चम्चा दालचिनी मिसाएर पिउनुहोस् ।

थाइराइड सन्तुलनका लागि आहार र दिनचर्या :
सन्तुलित र ताजा खाना खानुहोस् ।
चिसो, तेलिलो र प्रशोधित खाना कम गर्नुहोस् ।
राति अबेर नखानुहोस् ।
हिँड्ने बानी बसाल्नुहोस् ।
ध्यान, योग र नियमित निद्रा अपनाउनुहोस् । मन तनावमुक्त राख्नुहोस् ।
बिहान ३० मिनेट पैदल हिँड्नुपर्छ ।