वीरेन्द्रनगर । नेपाल कृषि अनुसन्धान परिषद्ले २०७९/८० को विभिन्न क्षेत्र र तहका प्रविधिको विज्ञापन गर्यो र परीक्षा पनि लग्यो तर अहिलेसम्म नतिजा प्रकाशन गर्न सकेको छैन ।
यो परिक्षामा परिक्षा दिएका परीक्षार्थीहरु कति त अरु लोकसेवा तथा अन्य क्षेत्रमा जागिरे भइसकेका छन् भने केही मेरो परीक्षा राम्रो भएको छ कहिले परीक्षाको नतिजा आउला भनेर अझै पनि कुरिरहेका छन् ।
कृषि प्राविधिकहरू केहि अझै परिक्षाको परिक्षाफल आउने आशामा बसिरहेका छन् । यस्तै खाली बस्नु भन्दा कतै जागिर पाए हुन्थ्यो कि भनेर बसिरहेका छन् ।
देशमा प्रविधिका क्षेत्रमा पढेका लाखौं प्रविधिकहरु बेरोजगार छन् । तिनलाई न सरकारले रोजगार दिन सक्छ न देशमै व्यवसायी गरेर बस्ने वातावरण छ ।
अहिले कतै सामाजिक सञ्जालमा नेपाल कृषि अनुसन्धान परिषदको कुनै सूचना पोष्ट भइ केहि विषय आउनसाथ सबैले‘ प्राविधिकहरुले परीक्षा दिनु भएको छ, उनीहरुले हाम्रो पैसा खाए, न परीक्षा फल निकाल्छ न त केहि सूचना छ’ भनेर विभिन्न तरिकाले सामाजिक सञ्जालमा गाली गरिरहेको देखिन्छ । झण्डै दुई वर्ष हुनलाग्दा पनि किन परीक्षाको नतिजा सार्वजनिक गर्न नसकेको होला ? यो कसको के लापरवाही होला ?