काठमाडाैं । सर्वोच्च अदालतले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीविरुद्ध प्रहरीमा जाहेरी दिएको छ ।
२३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको अनुसन्धान गर्न जाहेरी दिएको हो । सर्वोच्च अदालतले काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा आज जाहेरी दर्ता गरेको हो ।
सर्वोच्च अदालतसँगै काठमाडौं जिल्ला अदालतले पनि जाहेरी दर्ता गराएको छ । जाहेरीपछि प्रहरीले उक्त घटनामा संलग्नहरूमाथि अनुसन्धान अघि बढाउनेछ ।
सर्वोच्च अदालतमा आगजनीपछि भौतिक सम्पत्तिमात्र नभई अभिलेखसहित धेरै सम्पत्ति नष्ट भएको थियो । मुद्दाका मिसिलहरू पनि आगलागीमा परेर नष्ट भएको थियो ।