• फाल्गुन २३ २०८२, शनिबार

हिमपहिरोमा परी २ नेपालीसहित सात विदेशी पर्यटकको मृत्यु

कार्तिक १७ २०८२, सोमबार

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा अवस्थित एलुङ रि हिमालमा गएको हिमपहिरोमा परी सात जनाको मृत्यु भएको छ ।

सोमबार बिहान १० बजेतिर गएको हिमपहिरोमा पाँच विदेशी र दुई नेपालीसहित सात जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार, अन्य पाँचजना घाइते भएका छन् ।

सशस्त्र प्रहरीका अनुसार, विदेशी र नेपाली नागरिकसहित १२ जनाको समूह यलुङ रि गो हिमाल (५,६३० मिटर) आरोहणका लागि गएको थियो ।

सशस्त्र प्रहरीका अनुसार, सोमबार साँझ सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) लामाबगर, नेपाली सेना र नेपाल प्रहरीको गरी ५० जनाको संयुक्त सुरक्षा फौज घटनास्थलतर्फ खटिएको छ ।

यसअघि, आरोहण दलमा १५ सदस्य रहेको भनिएको थियो । तर, सशस्त्र प्रहरीले कुल १२ जनामात्र आरोहण दलमा रहेको बताएको छ ।