• फाल्गुन २३ २०८२, शनिबार

नाइजेरियाका मुस्लिम बस्तीमा बम हान्न डाेनल्ड ट्रम्पकाे निर्देशन

कार्तिक १६ २०८२, आईतवार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्।

उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्।

तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्।
अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको भन्ने कुनै प्रमाण नभएको बताएका छन्। तर दुई धर्म संख्यामा करिब बराबर छन्।

अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको देशको सरकारले अमेरिकाको सैन्य कारबाहीको धम्कीप्रति अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।