नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा माओवाद छोडेर अन्य पार्टीसँग एकता गर्न नहुने भन्दै पार्टीको सचिवालयबाट बाहिरिएका छन् । उनले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि स्थगित गर्नुपर्ने मतसमेत राखेका छन् ।
आफ्ना कुरा राखिसकेपछि उनी सचिवालय बैठकबाट बाहिरिएका हुन् । बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ । छलफलमा प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मातृका यादवलगायत सहभागी छन् ।
प्रचण्डले भने एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका दलहरूबीच एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको ब्रिफिङ दिएका छन् ।