• फाल्गुन २३ २०८२, शनिबार

डिजेल-मट्टीतेलको मूल्य घट्यो

कार्तिक १४ २०८२, शुक्रबार

काठमाडौँ । नेपाल आयल निगमले डिजेल-मट्टीतेलको मूल्य घटाएको छ ।

भारतबाट पेट्रोलमा ०.०३ रुपैयाँले र डिजेलमा १.१९ रुपैयाँले घटेर आएकोले निगमले शुक्रबार राति १२ बजेपछि  लागू हुनेगरी डिजल-मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको जानकारी दिएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रतिलिटर १४४ भएको निगमले जनाएको छ ।

त्यस्तै निगमले हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर १ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर ७ डलरले बढाइएको निगमले जनाएको छ ।