• फाल्गुन २७ २०८२, बुधबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कार्तिक १४ २०८२, शुक्रबार

कैलाली । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१४ बस्ने ३४ वर्षीय धन बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।