• फाल्गुन २७ २०८२, बुधबार

देशभरका यी राजमार्ग छन् पूर्णरुपमा अवरुद्ध

कार्तिक १४ २०८२, शुक्रबार

काठमाडौँ । काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । काठमाडौँ ।  लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न सडक अवरुद्ध बनेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान १० बजेसम्म देशका १३ राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

अवरुद्ध राजमार्ग:

१- संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोलामा कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध ।

२- इलाम जिल्ला भित्रको मेची राजमार्गमा रातको समय (रति ७ बजेदेखि बिहान ६ बजेसम्म) मा सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

३- पाँचथरको तुम्वेवा गाउँपालिका-२ र धनकुटाको चौबिसे गाउँपालिका-४ सिमानाको तामोर कोरिडोर सडकखण्ड पूर्ण रुपमा अवरुद्ध ।

४- ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सिमानाको सिद्धिचरण लोकमार्ग पूर्ण रुपमा अवरुद्ध ।

५- काभ्रेपलाञ्चोकको कोस्किसकुना विरुवाडाडा, नमोबुद्ध नगरपालिका चौकीडाडा, रोशी गाउँपालिका ७, ९. ११ र नार्केसहित विभिन्न स्थानको विपी राजमार्ग अवरुद्ध भएको छ ।

६-  रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२, तातोपानी बलुवाखानी, घट्टेखोला र फ्याङलुङसहितका नेपाल र चीन जोड्ने नाका, पासाङल्हामु सडक पूर्ण रुपमा अवरुद्ध ।

७ -सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ अकरेभिर, मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध ।

८- रामेछापको मध्यपहाडी लोकमार्ग (खाँडादेवी गाउँपालिका-१ खैरेनी घाट) पूर्णरुपमा अवरुद्ध ।

९- मुस्ताङकोजोमसोम कोरोला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध ।

१०- म्याग्दीको बेनीदरवाङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध ।

११- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ माथिल्लो रिब्दी, सडक एकतर्फी भएको छ ।

१२- डोल्पाको भेरी कोरिडोर पूर्ण रुपमा अवरुद्ध ।