काठमाडौँ । विभिन्न प्रकारका सेवा अब राष्ट्रिय परिचयपत्रमा आबद्ध हुने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सरकारी निकायबाट प्रवाहित सेवालाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिएको हो ।
ती सेवाहरूमा वैदेशिक रोजगार सेवासम्बन्धी, अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापनसम्बन्धी, अध्यागमन सेवासम्बन्धी, र बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूको विवरण रहेका छन् ।
निर्णयमा तोकिएका क्षेत्र र प्रणालीहरूलाई प्रचलित कानुनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको यकिन गरी विद्युतीय प्रणाली मार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी क्षेत्र तोक्ने भनिएको छ ।