• फाल्गुन २४ २०८२, आईतवार

पार्टी क्रान्तिकारी बनाउन छोडेर माओवादीमा किन जाने ? : झलनाथ खनाल

कार्तिक १३ २०८२, बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अहिले पार्टी विभाजनको बेला नभएको बताएका छन् ।  जारी केन्द्रीय कमिटीको बैठकमा खनालले क्रान्तिकारी पार्टी बनाउने बेलामा नेकपा (माओवादी केन्द्र)मा जाने कुरा गर्न नहुने बताए ।

उनले माओवादीलाई पार्टी बुझाइदिऊँ भन्ने लागेकाहरू भने जान सक्ने बताएका छन् । “क्रान्तिकारी पार्टी बनाउने बेला हो । पार्टी कार्यालय जल्यो, पार्टी बनाउन सकिएन । लगेर बुझाइदिऊँ भन्ने लागेर जान मन हुने गए हुन्छ,” खनालले बैठकमा भने ।

उनले माओवादीभित्र पनि समस्या रहेको भन्दै पार्टी बनाउन सकिने धारणा राखेका छन् । उनले अध्यक्ष माधवकुमार नेपाललाई चार वर्षपछि पार्टी विभाजन गरेर जान खोजेको हो भनी सोधेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।