अदालतले काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै राखेको छ । पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेपछि निलम्बन निरन्तर हुने भएको हो ।
आज न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासमा भएको सुनवाइपछि पाण्डेको रिट खारेज गरेको हो । पाण्डेलाई २० जेठमा निलम्बनमा गरिएका थियो ।
महानगरका प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरी विष्णु जोशीलाई कार्यवाहकको जिम्मा दिएका थिए । त्यसपछि पाण्डेले रिट दायर गरेका थिए । उनले २६ जेठमा रिट दायर गरेकोमा उच्चले अन्तरिम आदेशमार्फत निलम्बन कार्यन्वयन नगर्नू भनेको थियो । आजको इजलासले भने उक्त रिट नै खारेज गरेको छ ।