• फाल्गुन २४ २०८२, आईतवार

संसद विघटनविरुद्धकाे रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कार्तिक १२ २०८२, बुधबार

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुधबार संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश माग गरिएका विषय अन्तिम आदेशबाटै सम्बोधन हुने प्रकृतिका रहेको निष्कर्ष सुनाएको हो ।

सर्वोच्चले रिटमा उठाइएका संवैधानिक र कानुनी प्रश्नमा विपक्षीहरूबाट सात दिनभित्र लिखित जवाफ मागेको छ ।