• फाल्गुन २४ २०८२, आईतवार

संसदीय राजनीतितर्फ अघि बढे विप्लव

कार्तिक ११ २०८२, मंगलवार

काठमाडौँ । लामो समय संसदीय राजनीतिको विपक्षमा रहेर आफ्नो राजनीतिक गतिविधि गर्दै आएका नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफ्नो मार्ग परिवर्तन गर्न लागेका छन् । हाल नेकपाका महासचिव रहेका उनले संसदीय राजनीतिमा भाग लिने योजनाका साथ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

कम्युनिस्ट पार्टी नेपाल नाममा दल दर्ताका लागि आयोगमा मंगलबार निवेदन दिइएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । निर्वाचन आगामी फागुन २१ गते हुने हुँदैछ ।

जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने लोकतान्त्रिक विधि निर्वाचन भएकाले आगामी निर्वाचनमा सहभागी हुन लागेको विश्वकर्माले बताए । उनले जेनजी आन्दोलनपछि बनेको सरकारमाथि ठुलो चुनौती र प्रश्न रहेको भन्दै सरकारले तोकेको निर्वाचनलाई सम्पन्न गर्न जटिलता देखिएको धारणा राखे । यस्तो अवस्थामा राष्ट्रिय राजनीतिमा नयाँ ढङ्गको समझदारी आवश्यक रहेको उनले बताए । विश्वकर्माले पार्टीले दल दर्ताको प्रक्रिया अघि बढेसँगै निर्वाचनलाई सफल बनाउन आयोगलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो क्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट निर्वाचित भएर मुलुकको सुशासन गर्ने पद्धति लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । उनले कानूनभित्र रहेका जनताको विश्वास जित्न आएका दललाई आयोगले सदैव स्वागत गर्ने बताए ।
विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आए पनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो । प्राप्त निवेदनमाथि अध्ययन गरेर आवश्यक निर्णय हुने आयोगले जनाएको छ ।