• फाल्गुन २३ २०८२, शनिबार

अमेरिकाले अत्यधिक कर बढाएपछि भारतले उत्पादित वस्तु चीनतिर पठायाे

कार्तिक १० २०८२, सोमबार

काठमाडाैं । अमेरिकाले ५० प्रतिशत कर लगाएपछि भारतले चीनतर्फको निर्यात बढाएको छ । २०२५–२६ को पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा चीनतर्फको आयात २२ प्रतिशतले वृद्धि भएको छ ।

अप्रिल देखि सेप्टेम्बर २०२५ सम्म भारतले चीनलाई ८.४१ अर्ब डलर बराबरको सामान बिक्री गरेको छ । जुन गत वर्ष ६.९० अर्ब डलर थियो । टेलिफोन सेटका पार्टपुर्जा, प्राउन, आल्मुनियम जस्ता वस्तुको निर्यात बढेसँगै यो वृद्धि देखिएको हो ।

अगस्ट २७ देखि भारतबाट अमेरिका पठाइएका सामानमा ५० प्रतिशत कर लगाइएको थियो। ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) ले भारतको करिब ५.४ लाख करोडको निर्यात यस करबाट प्रभावित हुन सक्ने जनाएको छ ।