• फाल्गुन २८ २०८२, बिहीबार

भाइटिकाको साइत कुन देशमा कति बेला ?

कार्तिक ५ २०८२, बुधबार

काठमाडौं ।  यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत बिह्न ११:३९ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ६ गते बिहीबार बिहान ११ : ३९ बजे भाइटीकाको साइत उत्तम रहेको जानकारी दिएको छ ।

शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइने समितिले जनाएको छ ।

त्यसैगरी नेपाल बाहिर रहेका नेपालीहरुका लागि अन्तर्राष्ट्रिय नेपाल पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि शुभ साइतको मिति र समय तोकिदिएको छ ।