• फाल्गुन २३ २०८२, शनिबार

‘कान्तारा’ ले नेपालमा कमायो १० करोड

कार्तिक ३ २०८२, सोमबार

काठमाडौँ । साउथ अभिनेता ऋषभ शेट्टीको फिल्म ‘कान्तारा : च्याप्टर १’ले नेपाली बक्सअफिसमा १० करोड बढीको व्यापार गर्न सफल भएको छ ।

चलचित्र विकास बोर्डले ३१ असोजसम्मको सार्वजनिक गरेको फिल्मको व्यवसाय रिपोर्टमा ‘कान्तारा : च्याप्टर १’को व्यवसाय १० करोड, ४१ लाख, २९ हजार बढी छ ।

फिल्मको टिकट ३ लाख २५ हजार ९४ वटा बिक्री भएको छ । गत २ अक्टोबर (१६ असोज) मा रिलिज भएको फिल्मले विश्वव्यापी पनि आक्रामक कमाई गरेको छ । फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र बंगाली भाषामा पनि रिलिज भएको हो ।

१४ करोड भारुको लागतमा बनेको ‘कान्तारा’ले भारतीय बक्स अफिसमा ४०० करोडभन्दा बढीको व्यापार गरेको थियो । फिल्ममा ऋषभ शेट्टी दोहोरो भूमिकामा देखिएका थिए । यस फिल्मबाट ऋषभले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका थिए ।