काठमाडौं । चलचित्र ‘जेरी अन टप’ले तीन दिनमा सवा दुई करोड ग्रसकलेक्सन गरेको छ । तीन दिनमा दुई करोड २२ लाख ८१ हजार रुपैयाँ कलेक्सन गरेको हो ।
पहिलो दिन शुक्रबार ७२ लाख ५९ हजार, शनिबार ८६ लाख ३८ हजार र आइतबार ६३ लाख ८४ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र ‘जेरी अन टप’का नायकसमेत रहेका अनमोल केसीले जानकारी दिएका छन् । तीन दिनमा ‘जेरी अन टप’ ६० हजार दर्शकले हेरेका छन् ।
सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, सुरक्षा पन्त, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय छ ।
अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ । चलचित्रमा कथा हेमराज बिसीको छ ।
कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विश्वास तिम्सिनाको छ । छायांकन दुलीप रेग्मीको छ ।