काठमाडौँ । निर्वाचन आयोगमा ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ नामको दल दर्ताका लागि निवेदन दिइएको छ । पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ राखिएको छ ।
हिराप्रसाद सेती उर्फ किरण विक अध्यक्ष रहेको दलमा प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेको दल दर्ताको निवेदनमा उल्लेख छ । दलको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा राखिएको छ । पार्टीमा मुना विक उपाध्यक्ष, गोपाल आचार्य महासचिव तथा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ सचिव रहेका छन् ।
साथै युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भका रूपमा उल्लेख गरिएको छ ।
आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न दिएको समय नजिकिदै गर्दा नयाँ दल दर्ता भइरहेको छ ।