• फाल्गुन २३ २०८२, शनिबार

सुनचाँदीको मुल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

कार्तिक ३ २०८२, सोमबार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ३ सयले बढेर तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ३२८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३२७५ मा कारोबार भएको थियो ।