• फाल्गुन २७ २०८२, बुधबार

हेटौडाबाट जुवातास खेलिरहेको अवस्थामा ६ लाख नगदसहित ११ जना पक्राउ

कार्तिक १ २०८२, शनिबार

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्क गुम्बा नजिक सोही ठाउँ बस्ने ३५ वर्षीय हिरालाल मोक्तानले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मोक्तान समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६ हजार ३ सय १० रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।