• फाल्गुन २५ २०८२, सोमबार

सरकारले जेनजी आन्दोलनलाई अत्मसात गरेको माओवादीलाई नै तर्साउन खाेज्याे : नेता पुन

कार्तिक १ २०८२, शनिबार

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले ‘जेनजी’ आन्दोलनलाई अत्मसात् गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन् ।

शनिबार (कात्तिक १) पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले माओवादीका नेता–कार्यकर्ता, विद्यार्थीलाई सरकारका तर्फबाट तर्साउने कार्य भइरहेको उल्लेख गरे । उनले सरकारले भदौ २३ गतेको जेनजी आन्दोलनमा हत्या, सत्तामा हालीमुहाली गर्ने बिचौलियालाई कारबाही गर्न नसकेको बताए ।

माओवादी केन्द्र र पार्टीका पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुसन्धानका नाममा तर्साउन खोजिएको उनको भनाइ थियो । उनले यसप्रकारको प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए ।