• फाल्गुन २७ २०८२, बुधबार

सुनचाँदी पसलमा विवाद हुँदा जनकपुरमा गाेली चल्याे

आश्विन ३१ २०८२, शुक्रबार

जनकपुरधाम । जनकपुरको सोनारपट्टीमा गोली चलेको छ । एक सुनचाँदी व्यवसायीको पसलमा प्रहरी छापा मार्न पुगेको थियो । त्यस क्रममा व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको हो ।

बिलबिजक बिनाको सुनचाँदी खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली शुक्रबार साँझ छापा मार्न पुगेको थियो ।

कति राउन्ड फायर भएको भन्ने बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।