• फाल्गुन २५ २०८२, सोमबार

२१ फागुनमा हुने चुनावमा एमाले सहभागी नहुने, देशमा द्वन्द्वकाे अवस्था सिर्जना हुँदै

आश्विन ३१ २०८२, शुक्रबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।
एमाले केन्द्रीय कमिटी बैठक गत बुधबारबाट जारी छ । आजसम्म चलेको बैठकको अन्तिममा ओलीले समापन मन्तव्य दिएका थिए ।

सोही क्रममा उनले निर्वाचनमा सहभागी नहुने घोषणा गरे । तर, ओलीको उक्त घोषणामा उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे ।

उनीहरूले ओलीको घोषणामा फरक मत राखेपछि केहीबेर हल्लाखल्ला भएको थियो ।