• फाल्गुन २५ २०८२, सोमबार

राष्ट्रपति र प्रमसँगकाे छलफलमा जेनजीका काेकाे नेता सहभागी छन् ?

आश्विन ३० २०८२, बिहीबार

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री सुशीला कार्कीसँग जेन–जी प्रतिनिधिहरूको छलफल शीतलनिवासमा जारी छ । सरकार विस्तारको गृहकार्यस्वरूप यो छलफल डाकिएको हो ।

यसअघि राष्ट्रपति पाैडेल अस्वस्थ भएपछि छलफल स्थगित भएको थियो । प्रधानमन्त्री कार्कीले आजभोलिमै मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

बैठकमा जेन–जीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी छन् ।

जेन–जीलाई सरकारमा सहभागी गराउने छलफल चले पनि क–कसलाई सहभागी गराउने भन्नेमा चरम विवाद छ ।