• फाल्गुन २३ २०८२, शनिबार

वेस्ट इन्डिजले भारतलाई दियो १२१ रनको लक्ष्य

आश्विन २७ २०८२, सोमबार

काठमाडौँ । वेस्ट इन्डिजले जारी दोस्रो टेस्टमा भारतलाई १२१ रनको लक्ष्य दिएको छ ।

टेस्टको चौथो दिन वेस्ट इन्डिजले दोस्रो इनिंगमा ३९० रन बनाएर अलआउट भएसँगै भारतले १२१ रनको लक्ष्य पाएको छ । वेस्ट इण्डिजका लागि जोन क्याम्पबेलले ११५ र शाइ होपले १०३ को शतकीय पारी खेलेका थिए ।

त्यस्तै भारतीय बलर जसप्रित बुमराह र कुलदीप यादवले ३–३ विकेट लिएका थिए भने मोहमद सिराजले २ विकेट लिएका थिए ।

त्यस्तै वेस्ट इन्डिजले पहिलो इनिंगमा २४८ रन बनाएपछि भारतले फलोअन दिएको थियो । त्यसैगरी भारतले पहिलो इनिंगमा ५ विकेट गुमाउदै ५१८ रन बनाएर इनिंग घोषणा गरेको थियो ।

२ खेलको सिरिजमा भारत १–० ले अगाडी रहेको छ ।