• फाल्गुन २५ २०८२, सोमबार

सिके राउतको जनमत पार्टी औपचारिक रुपमा विभाजन

आश्विन २६ २०८२, आईतवार

काठमाडौं । जनमत पार्टी औपचारिक रुपमा फुटेको छ । जनमत पार्टीमा सिके राउतसँग असन्तुष्ट रहेका नेताहरुले  २० प्रतिशत केन्द्रिय समिति सदस्यसहित निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएका हुन् ।

जनमत पार्टीमा उपाध्यक्ष रहेका दीपक शाहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिइएको छ । नयाँ पार्टीमा जनमत पार्टीका १५ जना कार्यकारिणी समिति सदस्य रहेका छन् ।

जनमतमा रहेका ५२ कार्यकारिणी सदस्य मध्ये १५ जना अलग भएर नयाँ राजनीतिक पार्टी दर्ता प्रक्रिया अगाडि बढाएपछि जनमत औपचारिक रुपमा फुटेको छ ।