• फाल्गुन २३ २०८२, शनिबार

टी–२० विश्वकप छनौटः सुपर सिक्समा कतारमाथि ओमानको सहज जित

आश्विन २६ २०८२, आईतवार

काठमाडौँ । आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्सको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा ओमानले दिएको १७३ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउदै १३८ रन बनाएको हो ।

कतारका लागि यस खेलमा शारिक मुनिरले ३४ रन बनाए भने मुहमद असिम र शाहजैब जामिलले २१–२१ रन बनाए । त्यस्तै ओमानका बलर जितेन रमानान्दीले ३ विकेट लिए भने सुफयान मेहमूदले २ विकेट लिए ।

यस अघि ओमानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै १७२ रन बनाएको थियो । ओमानका लागि कप्तान जतिन्दर सिंहले सर्बाधिक ६६ रन बनाए भने आर्यान बिष्टले ३४ र विनायक शुक्लाले ३० रन बनाए । त्यस्तै कतारका बलर मिर्जा मोहमद बैगले ४ विकेट लिएका थिए । यो जितपछि ओमानको सुपर सिक्समा ४ अंक भएको छ ।