• फाल्गुन २७ २०८२, बुधबार

२५ वर्ष कैद तोकिएका कैदी चाबहिलबाट पक्राउ

आश्विन २६ २०८२, आईतवार

काठमाडौँ । सुनधारा स्थित केन्द्रीय कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका ३८ वर्षीय प्रेम विश्वकर्मा छन् ।

उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनी जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा सुन्धाराबाट भागेका हुन् ।

बिहीबार पक्राउ गरेर उनलाई कारागार प्रशासनको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

उनलाई अदालतले २५ वर्ष कैद तोकेको थियो । उनी ५ वर्ष जेल बसेको रेकर्डमा देखिएको छ ।